३३३ ग्राम सनुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे एक बंगलादेशी नागरिक

0
4

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करीब ३ सय ३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेको प्रहरीले जनाएको छ। हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ । प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here