२८ करोड नाघ्यो विश्वभर कोरोना संक्रमितको संख्या

0
4

न्युयोर्क – विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ। पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो। पछिल्लोपटक सबैभन्दा धेरै अमेरिकामा ९५ हजार जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, फ्रान्समा २७ हजार ६००, इटलीमा २४ हजार ८००, रसियामा २३ हजार ७००, टर्कीमा २० हजार र भियतनाममा १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट विश्वभर झण्डै ३ हजार जनाको मृत्यु भएको छ। जसमध्ये रसियामा ९६८, भियतनाममा २०७, टर्कीमा १७३ र युक्रेनमा १३८ जना छन्। हालसम्म विश्वभर ५४ लाख १६ हजार जना कोरोना संक्रमितको मृत्यु भइसेको छ। अहिले विश्वमा २ करोड ४५ लाख सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here