२५ लाखको चिट्ठा परेको भन्दै सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ व्यक्ति मोरङबाट पक्राउ

0
127

चितवन- २५ लाखको चिट्ठा परेको भन्दै सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ व्यक्तिलाइ प्रहरीले मोरङबाट पक्राउ गरेको छ । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षीया महिलालाई ठगि गरेको सूचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पीडित महिलालाई चिट्ठा वातपको पैसा २५ लाख पाउने आशामा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमी मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीका बताएका छन् ।
मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ ।
प्रहरीका अनुसार पीडित ४४ बर्षीया सिता थपलिया २ लाख ८० हजार रकम ठगिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here