२५ जना विद्यार्थी चढेको डुंगा राप्ती नदीमा दुर्घटना

0
4

काठमान्डौँ – राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ । बिहीबार बिहान ९ बजे विद्यालयतर्फ जाँदै गरेको डुंगा राप्ती नदीमा पल्टिँदा उक्त डुंगामा सवार १९ जना विद्यार्थी घाइते भएका छन् । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टातर्फ राप्ती नदी तरेर जार्दै गर्दा विद्यार्थी चढेको डुंगा पल्टिएको हो । क्षमता भन्दा बढी विद्यार्थी बोक्दा डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नायव निरीक्षक सरोजकुमार कैलाले जानकारी दिए । उक्त डुंगा नदीको बीचमा जमिन सतहदेखि करिब १० मिटर टाढा पल्टिएको थियो । डुंगामा सवारमध्ये तीन जना विद्यार्थी डुबेर बेहोस भएका थिए । नदीको बीचमा डुंगा पल्टिएको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए । उद्धारपछि विद्यार्थीलाई अस्थायी स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव निरीक्षक कैलाले बताए । घाइते विद्यार्थीहरु मावि सिक्टामा कक्षा ६ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थी रहेका छन् । ढुंगामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here