१८ गतेदेखि तातोपानी नाका सञ्चालन गर्न नेपाल–चीनबीच ६ बुँदे सहमति

0
8

काठमाडौँ – चीन जोड्ने उत्तरी नाका तातोपानीबाट निर्यात खुलाउन चीन र नेपालबीच छलफल भएको छ । नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा निकासीसहित ६ बुँदे सहमति भएको हो। नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । बैठकमा आउँदो १८ गतेदेखि तातोपानी नाका नियमित सञ्चालन गर्न, सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो । नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै, दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने लगायत बैठकमा छलफल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here