१३ वटी श्रीमती एकै पटक गर्भवती, आफु निकै उत्साहित भएको श्रीमानको प्रतिक्रिया

0
35

काठमाडौं- दुई जोईको पोई कुना बसी रोई’ नेपालमा एक चर्चित उखान छ । तर के तपाँई पत्याउँनुहुन्छ यहाँ एक व्यक्तिले १३ जना श्रीमती सम्हालेर बसेका छन् । एकपटक तपाँई अनुमान गर्नुहोस् कुनै पनि मानिसको श्रीमती कति जना होलान् । अवश्य पनि एक जना नभए दुई जना पनि हामीले थाहाँ पाएको कुरा हो । किनकी कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ । तर जीवन काट्ने साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् भन्ने मान्यता रहेको छ । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? अझ रोचक कुरा के भयो भने १३ जना श्रीमती एकैसाथ गर्भवती भए ? पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो । यहाँका एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका हुन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको भनेको समाचर देल्लीहन्टमा आएको छ । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा भएको बताइएको छ ।
अझ रोचक कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता पनि छ । १३ श्रीमतीका श्रीमानले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् । यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा पनि भएको छैन । बडो गज्जब छ, जहाँ दुई जनासंगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएर देखाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here