१२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु

0
12

काठमाडौं – आइतबारदेखि नेपालमा १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो । फाइजर खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ । फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here