१० लाखसहित एक हुण्डी कारोबारी विराटनगर बाट पक्राउ

0
114

मोरङ – मोरङको विराटनगर महानगरपालिका-४ स्थित कन्चनबारी चोकबाट अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् ।
उनले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।
प्रहरीले पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here