ह्वात्तै बढ्यो सुनको मुल्य

0
14

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here