ह्वात्तै बढ्यो सुनको भाउ

0
19

काठमाडौँ- आज शुक्रबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । आज सुनको भाउ तोलामा १००० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९९,१०० र तेजावी सुन प्रतितोला ९८,६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजावी सुन ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज, सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चादी तोलाका १ हजार ३३० रुपैयाँमा करोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here