ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

0
7

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here