ह्वात्तै घट्यो सुनको मूल्य

0
3

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here