ह्वात्तै घट्यो सुनको मूल्य

0
11

काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बघटेको हो । हिजो तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला आज ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज तेजावी सुन पनि घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज हिजो भन्दा १५ रुपैयाँले सस्तो तोलाको १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार १४५ रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here