ह्वात्तै घट्यो सुनको मूल्य

0
16

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । छापावाल सुन आज १८ सय रुपैयाँले घटेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन पनि घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here