ह्वात्तै घट्यो सुनको मूल्य

0
5

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here