ह्वात्तै घट्यो सुनको भाउ

0
10

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here