होमनाथ खरालले लिएर आए रामचन्द्र चन्दको आवाजमा ‘आमा मेरो बाबा खोइ'(म्युजिक भिडियो)

0
52

काठमाडौं- लोकप्रिय गायक रामचन्द्र चन्दको आवाजमा ‘आमा’ मेरो बाबा खोइ बोलको गीत बजारमा आएको छ ।

गुल्मेली सर्जकहरु चन्द र हेमनाथ खरालको सकृयतामा भर्खरैमात्र गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत नै खरालको रहेको छ भने शब्दमा खराललाई महेश पुनमगले साथ दिएका छन् ।

गुल्मीको वामीमा जन्मनुभएका खराल लामो समयदेखि दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ। रितिरिवाज र धर्म संस्कृतीमा बिशेष ज्ञान भएका खराल पछिल्लो समय लोकसांगितिक क्षेत्रमा पनि सक्रिय देखिएकाछन् ।

यस्तै गायक चन्दका पनि धेरै गीतहरु बजारमा आइरहेका छन् र दर्शकश्रोताले उक्त गीतलाई अत्यधिक रुचाएका पनि छन् । पछिल्लो समय गायक चन्दका लगातारजसो गीतहरु बजारमा आइरहेकाा छन् ।

गीतमा गायक चन्दसँगै सरिता केसी र मनिकला मगरको स्वर रहेको छ । यस्तै निर्माण र निर्देशन गीतकार खरालले नै गर्नुभएको छ। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here