होटलमा मृत भेटिए सई

0
27

काठमाडौं- दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका–४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
‘सरूवा भएर जाँदै हुनुहुन्थ्यो। राति होटलमा बास बस्नुभएको थियो,’ उनले भने, ‘बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा भेटिनुभएको थियो।’
उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो।
‘उनको कसरी मृत्यु भएको भन्ने डाक्टरहरूले भन्लान। उनको नाक र मुखबाट रगत बगेको अवस्था हो,’ डिएसपी विष्टले भने, ‘उनी प्रेसरका बिरामीसमेत थिए।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here