हेर्नुहोस, यस्तो रहनेछ आज दिनभरको मौसम

0
9

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामान्यतः सफा रहने छ। मौसमविद् प्रधानाङ्गका अनुसार प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। राति देशभरको मौसम आंशिक बदली रहनेछ।
यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here