हेर्नुहोस नरिवल पानी पिउनुका फाइदाहरु

0
9

नरिवललाई सामान्यतया स्वस्थ फ्याटको स्रनेत मानिन्छ । यसमा प्रोटिन, फाइबर, खनिज पदार्थहरु जस्तै-आइरन, म्याग्नेसियम, कपर, फस्फोरस, पोटासियम,क्याल्सियम, सोडियम, म्याग्नीज पाइन्छ । दुई चम्चा ताजा काटेको नरिवलमा ३५ क्यालोरी, १ ग्राम प्रोटिन, ३ ग्राम फ्याट, कार्बोहाइट्रेड २ ग्राम, १ ग्राम फाइबर र १ ग्राम सुगर पाइन्छ ।

ऐतिहासिक रुपमा मानिसहरुले परम्पराको रुपमा नरिवलको प्रयोग गरेको पाइन्छ । नरिवलको तेल, धुलो, जुस, क्यान्डी, वाइन र विभिन्न प्रकारका खानेकुराहरु बनाइन्छ । नरिवलमा भएको पानी गर्मी मौसममा शितलता प्रदान गर्नका लागि खाने गरिन्छ । यसले हाम्रो शरीरलाई विभिन्न प्रकारका फाइदा दिने गर्दछ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै तागतिलो बनाउन र शक्ति प्रदान मद्दत गर्दछ ।

नरिवल पानी खानुको फाइदाहरु:

१. रिबोफ्लेभिन, नियासिन, थायामिन, पाइरोडक्सिन र फोलेट जस्ता पौष्टिक तत्व वा भिटामिनहरुले भरिपूर्ण नरिवलको पानीमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुणहरु छन् जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बढाउने र फ्लु जस्ता भाइरल संक्रमणसँग लड्न सक्ने क्षमता प्रदान गर्न मद्दत गर्छ ।
२. नरिवलको पानीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले, हाम्रो शरीरमा हुने फ्री रेडिकल्सको कारण हुने क्षतिलाई रोक्छ ।
३. यसमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस र सोडियम पाइन्छ । जसले, शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
४. यसमा पोटासियम र म्याग्नेसियम पाइने भएकोले कुनैपनि मृगौला रोगबाट पिडित व्यक्तिलाई फाइदाजनक हुन्छ ।
५. धेरै खाना खाएर पेटमा भएको समस्या ठिक गराउँछ ।
६. नरिवल पानीले शरीरको रक्तचाप घटाउँछ ।
७. यसले हाम्रो शरीरमा पानीको मात्रा बढाउँछ ।
८. शरीरको अनावश्यक तौल घटाउन मद्दत गर्दछ ।

Photo Source: https://redcliffelabs.com/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here