हेर्नुहोस, कस्तो रहनेछ त आजको मौसम

0
9

काठमाडौं- अहिले देशका पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ। बुधबार दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। राति बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here