हेर्नुहोस, कस्तो रहनेछ आजको मौसम

0
5

काठमाडौँ- आज बिहीबार बिहानैदेखि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । आगामी ६ घण्टामा यी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेकोले यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बाढी आउनुका साथै भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैबीच, आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here