हेर्नुहोस कस्तो रहनेछ आज मौसम

0
2

काठमाडौँ – आज लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, दिउँसो पछि हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । नेपालमा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । यस्तै, भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here