हेर्नुहोस कस्तो रहनेछ आज र भोलिको मौसम

0
4

काठमाडौँ – मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ । बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here