हेर्नुहोस आज सहित आगामी दुई दिनको मौसम पूर्वानुमान

0
6

मौसम पूर्वानुमान महाशाखाका अनुसार

२०७८ माघ ०४ गते (मंगलबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०५ गते (बुधबार) दिउँसो : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगातय अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राती : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहI बाँकि भू-भागमा आंशिक बदली रहने छ।सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०६ गते (बिहीबार) दिउँसो : देशभर आंशिक देखी सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखी सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
(स्रोत – नयाँ पुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here