हेर्नुहोस आज नेपाली बजारमा कतिमा कारोबार भैरहेको छ सुन चाँदी

0
9

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार तोलामा २०० सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार ४०० रुपैयाँ रहेको थियो। सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५५ रहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here