हेर्नुहोस आज नेपालमा कति मूल्यमा कारोबार भैरहेको छ सुनचाँदी

0
7

काठमाडौं – सोमबार सुनको भाउ केही बढेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन ९९ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा ३ सय रुपैयाँले सस्तो हो । यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ। आइतबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि यही मूल्यमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here