हेर्नुहोस आज नेपालमा कतिमा कारोबार भैरहेको छ सुनचाँदी

0
7

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य झन् घटेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार भन् प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रु १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here