हेर्नुहोस आज कति मूल्यमा कारोबार भौइरहेको छ नेपाली बजारमा सुनचाँदी

0
3

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here