हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ सुन,चाँदी

0
20

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य केही घटेको छ। बिहीबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बिहीबार प्रतितोला रु र ९४ हजार रुपैयाँ रहेको थियो। सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २७५ रहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here