हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
7

काठमाडौं- बिहिबार सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मूल्य मै कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ। आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६२ रुपैयाँ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here