हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ सुन चाँदी

0
4

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो तोलामा १३०० सय रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। आज सार्वजनिक भएको तथ्याङ्कानुसार तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ५०० रुपैयाँ रहेको थियो। सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ रहेको छ। बिहीबार चाँदी प्रतितोला रु एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here