हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
6

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य घटेको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ रहको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here