हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
8

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। यता, चाँदीको प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ९० सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here