हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
16

काठमाडौँ- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ३ सयले बढेर प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here