हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
9

काठमाडौँ- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here