हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
8

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ।सोमबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आज पनि चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here