हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
5

काठमाण्डाै- सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here