हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
4

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here