हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
9

काठमाडौँ- बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here