हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
6

काठमाडौं- सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here