हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
5

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज तेजावी सुन पनि बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चादीको भाउ पनि बढेको छ । चाँदी आज हिजो भन्दा ५ रुपैयाँले बढेर तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here