हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
13

काठमाडौं- साताको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य थोरै बढेको छ । अघिल्लो साताको सोमबारबाट लगातार घटेको सुनको भाउ हिजो र आज लगातार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन आज प्रतितोलामा ९५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here