हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ सुन चाँदी

0
11

काठमाडौँ – आज नेपाली बजारमा सुनको उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज मंगलबार भने प्रतितोला ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार पनि प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार पनि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here