हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
4

काठमाडौं- सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो। जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here