हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
15

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको मूल्य आज ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ प्रतितोला ६८ हजार ८०० रुपैयाँ रहेको छ । बिहीबार, छापावाल सुन प्रतितोला ९६ हजार ६ सय र तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here