हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
11

काठमाडौं – आज अर्थात सोमाबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो । जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । हिजो आइतबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here