हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
4

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । मंगलबारको तुलनामा सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन ९३ हजार ८ सय र तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here