हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
20

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज झन् प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here