हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर

0
5

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७० पैसा र बिक्री दर १६९ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तैगरी, आज कुवेती रियाल एकको खरिद दर ४३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३४ पैसाँ रहेको छ । बहरायन दिनार एकको खरिद दर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here